Header Ads

'वृहत नेपाल र सुगौली सन्धी वहस निरर्थक छ'

पिएसएम नेपाल भारत व्युरो
भोपाल म.प्र.
शुक्रवार २१ चैत्र २०७०
नेपाल र भारत विच लामो समयदेखी विवादित विषय सुगौली सन्धीको विवाद गरीरहनु विवादित रहेको भारतको देरादुनमा जन्मीएका युवा पत्रकार दिपक राईले वताएका छन । भारतमा रहेका गोरखा समाज लगाएत विभिन्न सामाजिक सरोकारको संघ संस्थाको सदस्य समेत रहेका राई हाल भारतमा प्रकाशित प्रदेश टुडे दैनिक पत्रिकाको खेल संवाददाता रहेका छन । यसको अतिरिक्त विर गोरखा डटकम संचालन गरेका राई निकट समयमै पाक्षिक छापा पत्रिका समेत ल्याउने तयारीमा रहेको वताएका छन ।नेपाल भारतको सम्बन्धमा कुरा गर्दा राई वताउछन म भारतमा जन्मीएको हुँ । हामी नेपाल संग जोडीनु भन्दा पनी अलग राज्यको माँग गरीरहेका छौ । हामी भारतमा रहेता पनी आफ्नो कला संस्कृतिको सदैव रक्षा गर्दै आईरहेका छ। हामी जसरी नेपालमा चलीरहेको वहस अन्तर्गत वृहत नेपाल र एकिकरणको संभव देखीदैन । १९०६ देखी लगातार चलीरहेको आन्दोलन निकै पुरानो छ । हामी नेपालमा सदैव हित चाहान्छौ तर पुरानो नेपाल पुन:मिलाउनु र वृहत नेपालको विषयमा सुगौलीसन्धी सम्वन्धी गरीने वहस राजनैतिक दलको माँगी खाने झोला मात्र हो ।

गोर्खा ल्याण्डको माँग तेलंगाना राज्य राज्य कै माँग हो हामी नेपाली मुलका भारतवासीलाई अलग माँग नै हो । आज नेपाली भारतको सरकारी स्तरमा उच्च पदमा कार्यरत छ चाहे सुरक्षा होस अथवा मिडीया र अन्य सरकारी तथा निजी स्तरमा होस भारतमा रहेका १.२५ करोड़ी नेपाल मुलका भारतीय नागरिक सदैव नेपालमा शान्ती रहेको देख्न चाहान्छ नेपालको राजनैतिक लड़ाई निरर्थक छ आपसी समझदारीको आधारमा संविधान वनाई राज्य विभाजन गर्नु मै सवैको भलो देखीन्छ । भारतमा आम निर्वाचन नजिकै आईरहेको अवस्थामा NDA,UPA जसको सरकार आएता पनी नेपालको हितमा रहने छ । गोरखा समाज सदैव नेपालीको सहयोग र सहकार्यमा लागी रहेको छ । हामी भारतमा भईरहेको वालश्रम र महिला वेचविखनको रोकथामको क्रममा भारतको विभिन्न राज्यमा संघ संस्था सक्रिय रहेको वताउदै नेपाली नागरिक र नेपाली मुलका भारतीय नागरिक विच सुमधुर संवन्ध रहोस यस प्रति हामी तयार छौ दिपक राई वताउछन ।

रिपोटर - पिएसएम नेपाल
Powered by Blogger.