Header Ads

धिक्कार ! छ यो जीन्दगीलाई : नेपाली कविताहरु


धिक्कार ! छ यो जीन्दगीलाई ,
जसले बिछोड़को गीत बनायो ,
जनम-जनमको साथलाई ,
जीन्दगीको धूलो उड़ायो 


पर - पर भागी बस्ने ,
मुटुको भित्र - भित्र पस्ने ,
दिनको उज्यालोमा सपना देख्ने ,
धेरै सम्झी बस्ने 


हिड़्न नसक्ने पाइलाहरू ,
जीन्दगीको दोबाटोमा ,
एउटा मान्छे जन्मेछ ,
आज मृत्युको साटोमा 


हस्पिटलको खाटमाथि मरि दिएछ ,
निष्ठूरी बाबालाई पर्खेर ,
हेर ! घाम ड़ूबी सकेछ ,
छोरालाई निशानी छोड़ेर 

श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
Powered by Blogger.