Header Ads

स्वार्थी दुनियाँको परिवेशमा : नेपाली कविताहरु


स्वार्थी दुनियाँको परिवेशमा ,
यहाँ चोटहरू लगाइ भाग्छ ,
तीरले मुटुमा प्रहार गरेर ,
हज़ार दुःखाइ छोड़ी राख्छ 


राजनीतिको जुवामा ,
मैला पानीको कुवामा ,
हेर ! कोही चिच्याइ रहेको छ ,
कालों मुस्लो घुवंमा 


आमालाई गोली लागेर ,
टुहुराको दाग लागेछ नानीमा ,
आमाको आँसु आलै छ ,
हेर ! एक मुट्ठी खरानीमा 


आगो माथिको चितामा ,
धेरै आशाहरू मरि सकेछ ,
सबै झोपड़ी जलेर ,
आफ्नो घर भरिसकेछ 


चेलीको सिँउदो सोचेर ,
धेरै दुःखहरू थामी दिन्छ ,
अंजुली भरि आशा बोकेर ,
आज औंलाहरू कामी दिन्छ 


कस-कसलाई आशा गर्नु ,
भरोसा सबै किमा हुन्छ ,
तातो खून उम्लिन्छ ,
आशाको पनि सीमा हुन्छ 


श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
Powered by Blogger.