Header Ads

भगवान् ले दिएको यो जनममा : नेपाली कविताहरु

 
भगवान् ले दिएको यो जनममा ,
मृत्युको ठूलो घर छ ,
देख्ने-सुन्ने यो संसारमा ,
ढुक्-ढुकी मुटुको भर छ

माया गर्ने यी हातहरूमा ,
ठेलाहरू उठी दिन्छ ,
हाँस्दा-हाँस्दै जीन्दगीलाई ,
दुःखले सधैं कुटी दिन्छ

माटो पाँउने आशामा ,
आँखा बन्द गरी कुदी दिन्छ ,
छोराको मुखबाट बगी दिन्छ खूनहरू ,
आमाको मुटु फूटीदिन्छ

उजाड़ भयो हाम्रो जीन्दगी ,
उज्यालो सबै लगि दिन्छ ,
दार्जिलिंगको आँसु विवश भएर ,
खोला-नालामा बगी दिन्छ

श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
Powered by Blogger.