Header Ads

भुलेको बिर्सेको मायालुको : नेपाली कविताहरु

भुलेको बिर्सेको मायालुको,
धेरै पुरानो ठाउँ रहेछ,
सम्झेर हेर बिर्सनु नसक्ने,
चिहान घारी हाम्रो पुरानो गाउँ रहेछ |
मरेपछि माटो हुने,
मान्छेको यहाँ प्रथा रहेछ,
धुलो माटोको कण कणमा,
जिन्दगीको धेरै कथा रहेछ |
अन्जुली भरिकोको खरानीमा,
हाँसेको खेलेको जवानीमा,
अन्तिम पल्ट रोएर,
दुख लुकेछ शिरानी मा |
हेर त्यो काँडा बारीमा,
मुटु छेंडेको भाला रहेछ,
चिता माथी जली रहेको,
आगो को ठुलो ज्वाला रहेछ |

आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.