Header Ads

दिल्लीमा नेपाली किशोरीमाथि सामूहिक बलात्कार

दिल्ली :  एक १९ बर्षीय नेपाली किशोरीमाथि दिल्लीमा सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पीडित किशोरीका चिनजानका एक किशोरले मंगलबार साँझ उनलाई दक्षिण दिल्लीको एकान्त स्थान बसन्त कुञ्जमा लगेर साथीसहित बलात्कार गरेको प्रहरीको भनाई छ । प्रहरीले २६ बर्षका अंकित भरगाभालाई घटनास्थलबाटै र २५ बर्षका सन्दिप र २० बर्षका आशिष नाम गरेको अन्य दुई जनालाई केही पछि पक्राऊ गरेको जनाएको छ । उनीहरुले बलात्कार पछि घटनाबारे कसैलाई भने किशोरीलाई ज्यान मार्ने धम्की दिएका थिए ।


Powered by Blogger.